राजनीति

चार पूर्व प्रधानन्यायाधीशहरु बयानमा नजानुको कारण के ?

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफूमाथि सडक, बार र बेञ्चबाट समेत घेराबन्दी गरेको र यसमा सर्वोच्चका वहालवाला न्यायाधीशदेखि पूर्व प्रधान न्यायाधीशहरु समेत सक्रिय रहेको आरोप लगाउनुभयो ।

आफूमाथि लागेको महाभियोगको बयान दिने क्रममा उहाँले न्यायपालिकाबाट मात्र हेन, राजनीतिक तहबाट पनि घेराबन्दी गरिएको भन्दै प्रर्व प्रधानमन्त्री र सांसदहरुलाई पनि मुछ्नुभयो ।

जबराको बयान सकिएपछि महाभियोग सिफारिश समितिले राजनीतिक नेतृत्वलाई बाहेक अरुलाई बयानमा बोलाउन पत्र काटे पनि सर्वोच्चका न्यायाधीशहरु बयान दिन जान नमिल्ने र नजाने निर्णय गरे ।

समितिको बैठकले बिहीबार पूर्व प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई सोधपुछका लागि बोलाएको थियो । यसबीचमा जबराले बयानको क्रममा नाम लिएका चार पूर्वप्रधानन्यायाधीश महाभियोग सिफारिस समितिमा नजाने हुनुभएको छ ।

उहाँहरुले आपसी छलफल गरेर पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुसार समितिको बैठकमा सहभागी हुन नसक्ने निधो गर्नुभएको हो ।

निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोगमााथिको बयानका क्रममा चार पूर्वप्रधानन्यायाधीशहरुलाई अवकाशपछि समेत अदालतमा आफ्नो भाग खोजेको आरोप लगाउनुभएको थियो ।

मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधिसभा विघटनदेखि जबराविरुद्ध सर्वोच्च अदालतमा आन्दोलन हुँदा विज्ञप्ति निकालेर आफ्ना धारणा सार्वजनिक गर्नुभएको थियो ।

सर्वोच्चका न्यायाधीश बयान दिन नजाने

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.