राजनीति

पूर्व अर्थमन्त्री डा. खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गरेको छ । राष्ट्रियसभाको सदस्यमा पुनः मनोनित नभएपछि डा. खतिवडाले अघिल्लो साता राजीनामा दिनुभएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिनुभयो ।

यसअघि डा खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहनुभएको थियो । संवैधानिक व्यवस्थानुसार उहाँको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.