जापान

टोकियोमा खुल्यो नेपाली मौलिक पहिचान सहितको रेष्टुरेन्ट घरआँगन

जापानको राजधानी टोकियोस्थित इकेबुकुरो शहरमा नेपाली मौलिक पहिचानसहितको कलात्मक शैलीको रेष्टुरेन्ट घरआँगन संचालनमा आउने भएको छ ।

टोकियोको ब्यस्त शहर इकेबुकुरो स्टेशनबाट दुई मिनेटको दुरीमा सेप्टेम्वर १७ तारिक बिहीबारबाट नेपाली मौलिक कला संस्कृति झल्कने वातावरणमा नेवारी तथा थकाली खाना, खाजाको स्वाद लिन सकिने घरआँगनका संचालक कर्साङ लामाले जानकारी दिनुभयो ।

रेष्टुरेन्ट व्यवसायमा सकृय नेपालीहरुको लगानीमा संचालनमा आउन लागेको घरआँगनमा स्वादिष्ट खाना सहित कलात्मक सुन्दर र शान्त वातावरणमा आधुनिक तथा नेपाली लाईभ दोहोरी, खेलप्रेमीहरूको लागि छुट्टै कोठामा एचडी टिभीको व्यवस्था र सुन्दर मनमोहक दृश्यहरु चित्रित गरिएको छ ।

शिव तथा बुद्ध भगवानको मुर्ति सहित घरआँगनबाट देखिने मौलिक नेपाली दुश्य खोलानाला, तथा प्रकृतिका चित्रहरुले त्यहाँ पुग्ने हरेकको मन भुलाउने संचालक मध्येका एक सम्बोधन लामाले जानकारी दिए ।

घरआँगनमा पारिवारिक भेटघाट, संघसंस्थाको बैठक, बेबी सावर, विदाई कार्यक्रम, बिवाह तथा ब्रतबन्ध, पास्नी, वार्षिक उत्सव तथा जन्मदिनको पार्टी मनाउन सकिने अर्का संचालक हरिचन्द्र लामाले जानकारी दिनुभयो ।

जापानमा नेपाली कला संस्कृतिलाई जगेर्ना गरी नेपाली रेष्टुरेण्टहरू संचालन आउने क्रममा घरआँगनले पनि छुट्टै शैली अपनाएको दावी गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.