जल/वातावरण
बुधबार थपिए एक हजार ५ सय ३९ जना सङ्क्रमित
नेपालमा कोरोना भाइरसका एक हजार ५ सय ३९ जना सङ्क्रमित थपिएका छन् । हालसम्मका कुल ५८ हजार ३२७ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर दश हजार २ सय ९४ आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा आठ लाख ७२ हजार २७४ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।
सक्रिय सङ्क्रमित १६ हजार २४२ छन् । पछिल्लो २४ घण्टामा एक हजार ६८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४१ हजार ७०६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत छ ।
आइसोलेसनमा कुल १६ हजार २४२ पुगेको छ । क्वारेन्टिनमा सात हजार ८२० जना छन् ।पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७९ पुगेको छ ।