विश्व समाचार

कोरियाली युद्धमा मारिएका अठासी जना चिनियाँ सैनिकका अवशेष मातृभूमि पठाइँदै

सन् १९५०–५३ मा भएको कोरियाली युद्धमा मारिएका ८८ जना चिनियाँ सैनिकका शवका अवशेष ‘कफिन’ मा राखेर उनीहरूको मातृभूमि पठाइँदै छ ।

बिहिबार एक कार्यक्रम आयोजना गरी सैनिकका शवका अवेशष कफिनमा राखियो । त्यस अवसरमा चिनियाँ सशस्त्र बलका पूर्वउपमन्त्री चाङ झेङगुओ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल, दक्षिण कोरियास्थित चिनियाँ दूतावासका अधिकारी, दक्षिण कोरियाली रक्षा मन्त्रालयका अधिकारी र अवशेषहरूको उत्खनन र पहिचानमा संलग्न कर्मचारीहरूको उपस्थिति थियो ।

चिनियाँ प्रतिनिधिमण्डलका सबै सदस्यहरूले चिनियाँ जन स्वयंसेवक शहीदहरूप्रति तीन पटक नतमस्तक भएर श्रद्धाञ्जलि अर्पण गरेका थिएभने दक्षिण कोरियाली पक्षले शवलाई कफिनमा राख्नु अघि फूलका गुच्छा चढाएर सम्मान गरेका थिए ।

चीन र दक्षिण कोरियाले सन् २०१४ देखि २०२१ सम्म लगातार आठ वर्षसम्म दक्षिण कोरियामा रहेका आठ सय २५ चिनियाँ जन स्वयंसेवक शहीदको शव मानवीय सिद्धान्त, मित्रता र व्यावहारिक सहयोगको भावनामा सफलतापूर्वक हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.