राजनीति

फुटपाथ व्यवसायलाई स्थान र समय तोक्न बालेनलाई सुझाव

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको कामको प्रशंसा गर्दै फुटपाथ व्यवसायीहरुलाई निश्चित समय र स्थान तोक्न आग्रह गर्नुभएको छ ।

शुक्रबार विहान ट्वीट गर्दै डा. भट्टराईले काठमाडौं शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने काम सह्रानीय रहेको भन्दै संसारभरकै चलन अनुसार स्वरोजगार श्रमिकहरुलाई निश्चित समय र स्थान उपलब्ध गराउन सुझाव दिनुभएको हो ।

डा. भट्टराईले लेख्नुभएको छ, “काठमाडौं मनपालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेनका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ। तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँ र समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।”

बिहिबार फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । नेकपा एमालेको मजदुर संगठन जिफन्टको अगुवाईमा महानगरपालिका घेराउ भएको हो ।

पछिल्लो समय काठमाडौंमा फुटपाथ व्यवसाय हटाउने अभियान चलाइरहेको महानगरले त्यस्ता व्यवसायीलाई स्थान उपलब्ध गराउने पहल गरिरहेको जनाएको छ ।

महानगरप्रमुख साहले आफूहरुले फुटपाथ व्यवसायीलाई स्थान खोजिरहेको र त्यसका लागि संघीय सरकारले सघाउनुपर्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.