कला/मनोरन्जन

गीतकार दिपेन्द्रको बालगित ‘नेपालकी छोरी’ सार्बजनिक (भिडियो)

गीतकार दिपेन्द्रको बालगित ‘नेपालकी छोरी’ सार्बजनिक भएको छ,  dA creation को तेस्रो प्रस्तुति स्वरुप  `नेपालकी छोरी मनकी छु गोरी´ रिलिज भएको हो ।

देशभक्तिको अर्थ राजनीतिक परिवर्तनसँग जोडेर हेर्नुपर्ने बाध्यता हाम्रो देशमा छ । हिजोको निरङ्कुस शासन, आज लोकतन्त्रमा अस्वस्थ प्रतिपर्धाले जनतालाई देशभक्तिको कुरा गर्न कुनै न कुनै पार्टीसँग जोडिन परेको छ । आज युवा, बयस्क बृद्धहरूले बुझेको देशभक्तिमा परिवर्तन हुन जरूरी छ ।

अबका नानीबाबुहरुलाई सिकाउन पर्छ । पुर्खाको पुरानो घर जोगाउनु सँगै माटो, धर्ति अनि सिङ्गै पृथ्वीको संरक्षण गर्नु सबै भन्दा ठूलो देशभक्ति हो । देशभक्ति र राजनीति फरक फरक पाटा हुन् । राजनीतिले एउटा निहित स्वार्थ बोकेको हुन्छ। तर देशभक्तिले सम्पूर्ण प्राणी, सभ्यता र भूमिको निस्वार्थ संरक्षण गरेको हुन्छ ।

देशभक्तिको नाममा निरङ्कुस, तानाशाही, पुरातनवादी सोच राख्नेहरु सच्चा देशभक्त हैनन । अवका नानीबाबूहरूमा यसको भिन्नताको बारेमा चेतना जगाउन पर्छ । प्रेम, सम्मान, शिक्षा, चेतना जगाएर स्वच्छ प्रतिस्पर्धा गर्ने सुसंस्कृत नानीबाबूहरू हुर्काउनु पर्छ । बाबा आमा प्रति सन्तानले सबैभन्दा माया, भरोषा गरेका हुन्छन् । त्यही भावना देश प्रति पनि निश्चल रूपमा लिएका हुन्छन् । जब युवा हुँदै जान्छन् परिवेश, फरक मार्गदर्शन अनुसार उनिहरूले बोध गर्ने दायित्वमा पनि फरकपन पाईन्छ ।

देशभक्ति भाव बोकेको गीत `नेपालकी छोरी मनकी छु गोरी´। यस गीतलाई दुर्गा पराजुलीको सङ्गीतमा मीठो स्वर दिएका छन् बालगायिकाद्वय यात्रिका हुमागाईँ र सृजीता ढकालले। यो गीति भिडियोमा मूख्य कलाकारको रूपमा आस्था पौडेल र जसलाई साथ दिएका छन् घनश्याम जोशी, प्रेणीता शर्मा, शोभा पाठक, असिम पौडेल र प्रकाश ढुङ्गानाले। यसरीनै नृत्यमा साथ दिएका छन ब्राइट फ्यूचर डान्स सेन्टरका प्रशीक्षार्थी अइस्मा पुरी, समृद्धी पौडेल, सीमा भट्ट, शीवानी श्रेष्ठ, फीओना श्रेष्ठ र दीक्षा कार्कीले,दिपेन्द्र अधिकारीले सुमधुर शब्द कोरेका छन  ।

उत्तम हुमागाईँले छायाङ्कन गरेको गीतमा, निशान घिमिरेको सम्पादन, बिकास नेपालीको नृत्य निर्देशन र रोहन नेपालीको निर्देशन रहेको छ भने भिडियो निर्माणको सम्पूर्ण तारताम्य गीतकार प्रकाश सुवेदीले मिलाएका हुन्।

हेर्नुहोस भिडियो :

मनमोहक पोखराबारे स्वरूपले गाएको गीत सार्वजनिक 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.