राजनीति

राति १२ बजेपछि संसद नरहने, एमाले सांसदहरुलाई गाउँगाउँ जान ओलीको निर्देशन

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको घोषणासंगै २०७४ सालको निर्वाचनबाट चुनिएका सांसदहरुको पद असोज १ गते राति १२ बजेदेखि कायम रहँदैन ।

यस हिसाबले प्रतिनिसभाको भदौ ३१ गतेको बैठक अन्तिम हुनेछ भने सांसदहरुको अन्तिम दिन । यसबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलिदेखि संसद नरहने भन्दै आफ्ना सांसदलाई गाउँ गाउँ जान निर्देशन दिनुभएको छ ।

एमाले संसदीय दलको बैठकमा शुक्रबार पार्टीबाट निर्वाचित सांसदलाई बिदाइ गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा परिणाम आउने गरी खटिन गाउँ गाउँ जान निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो ‘भोलिदेखि संसद रहँदैन । हामी सबैले आफ्ना उम्मेदवार जिताउन गाउँ गाउँ जानुपर्छ । भोलिदेखिनै हामी निर्वाचन क्षेत्रमा जानुपर्छ । आफ्ना उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।’

विदाई समारोहमा अध्यक्ष ओलीले सांसदका रुपमा खेलेको भूमिकाका लागि धन्यवाद दिंदै संकटका बेला पार्टीलाई साथ दिएको भन्दै धन्यवाद समेत दिनुभयो ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले गाउँगाउँमा खटिएर एमालेको बहुमत पुर्‍याउने गरी चुनावमा खटिन निर्देशन दिंनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.