राजनीति

मंसिर ३ गतेसम्म १८ वर्ष पुग्ने एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुने मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेका छन् ।

निर्वाचन आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने ८८ लाख ४७ हजार ५ सय ७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १ सय ८५ जना अन्य गरी कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको जनाएको हो ।

यसैगरी, मतदाता सङ्ख्याका आधारमा आयोगले १० हजार ८९१ मतदाता स्थलअन्तर्गत २२ हजार मतदान केन्द्र रहने गरी मतदान केन्द्र निर्धारण गरेको जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिनुभयो ।

आयोगका अनुसार मोरङ, झापा र काठमाडौंमा सबैभन्दा बढी मतदाता रहेका छन् भने मनाङ, मुस्ताङ र डोल्पा सबैभन्दा कम मतदाता छन् ।

यसैगरी, बागमती, प्रदेश १ र मधेश प्रदेशमा सबैभन्दा बढी मतदाता कायम भएका छन् । बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४९२ जना, प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ जना र मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् ।

त्यस्तै, कर्णाली प्रदेशमा १० लाख आठ हजार ४०३ जना, सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार जना र गण्डकी प्रदेशमा १८ लााख १७ हजार ५४१ जना मतदाता छन् ।

आयोगका अनुसार मोरङ, काठमाडौं र झापामा सबैभन्दा बढी र मनाङ, मुस्ताङ र रसुवामा सबैभन्दा कम मतदान केन्द्र कायम गरिएको छ ।

सबैभन्दा बढी मोरङमा ८३९, काठमाडौंमा ७६७ र झापामा ७६६ मतदान केन्द्र कायम गरिएको छ भने सबैभन्दा कम मनाङमा २८, मुस्ताङमा ३९ र रसुवामा ५२ मतदान केन्द्र कायम गरिएको छ ।

यसैगरी, सात प्रदेशमध्ये सबैभन्दा बढी मतदान केन्द्र हुने प्रदेशमा मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश १ रहेको छ । मधेश प्रदेशमा चार हजार २३५, बागमती प्रदेशमा चार हजार १४३ र प्रदेश १ मा चार हजार ९९ मतदान केन्द्र रहेको छ ।

सबैभन्दा कम मतदान केन्द्र हुने तीन वटा प्रदेश रहेका छन् । प्रदेशमा कर्णाली प्रदेशमा एक हजार ४०३, सुदूरपश्चिम प्रदेशमा दुई हजार १४६ र गण्डकी प्रदेशमा दुई हजार ३३९ मतदान केन्द्र कायम भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.