नयाँ र भव्य पार्टी कार्यालय बनाउने प्रचण्डको घोषणा
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झण्डै एक सातापछि सार्वजनिक हुँदै पार्टी कार्यालय अवलोकन गर्नुभएको छ ।
भदौ २४ गते मंगलबार जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा रहेको पार्टी कार्यालयको अवलोकन गर्नुभएको हो । त्यस क्रममा उहाँले अब नयाँ र भव्य पार्टी केन्द्रीय कार्यालय बनाउने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेपछि अध्यक्ष प्रचण्डले ‘देशभरका कार्यकर्ताहरुको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने बताउनुभएको हो ।
अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको बताउँदै ती जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्ताहरुलाई धन्यवाद दिनुभयो ।
नेपाली सेनाको सुरक्षामा रहनुभएका अध्यक्ष प्रचण्ड मंगलबार बाहिरिनुभएको हो । उहाँसहित शीर्ष नेताहरूलाई शिवपुरीस्थित नेपाली सेनाको स्टाफ कलेजमा राखिएको थियो।
आन्दोलन मत्थर हुँदै नयाँ सरकारले काम थालेपछि नेताहरू त्यहाँबाट घर फर्किन थालेका छन्। यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आफ्नो घरको अवलोकन गर्नुभएको थियो ।
यही भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनमा भला भएकामाथि सरकारले बानेश्वरमा प्रहरीले गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो। इटहरीमा पनि प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो।
यसको बिरोधमा भोलिपल्ट२२४ गते थप प्रदर्शन हुँदा प्रदर्शनकारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको घरमा आगजनी गरेका थिए। तीन वटै पार्टी कार्यालयमा समेत आगजनी गरेको थियो।





प्रतिक्रिया राख्नुहोस्