आगामी वर्ष नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको टुंगो लागेको छ । सोमबार सम्पन्न इस्ट एसिया-प्यासिफिक छनोटको च्याम्पियन बन्दै पपुवा न्युगिनीले अन्तिम स्थान सुनिश्चित गरेसंगै प्रतियोगिता खेल्ने टोलीको टुंगो लागेको हो ।
प्रतियोगितामा नेपालसहित १० टोली सहभागी हुने आइसिसीले जनाएको छ ।ग्लोबल छनोटमा आयोजक नेपालसहित आयरल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स, थाइल्यान्ड, अमेरिका, जिम्बावे, बंगलादेश, नामिबिया र पपुवा न्युगिनी रहेका छन् ।
प्रतियोगिता माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न १० टोलीलाई दुई समूहमा विभाजन गरेर खेल खेलाइने छ । उक्त प्रतियोगिताको खेल तालिका भने छिट्टै सार्वजनिक गर्ने अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जनाएको छ ।
आगामी सन् २०२६ मा हुने उक्त प्रतियोगिताको छनोट खेल आगामी जनवरी १२ देखि फेब्रुअरी २ तारिखसम्म हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीबाट शीर्ष चार स्थान हासिल गर्नेले इङ्ग्ल्याण्ड र वेल्समा हुने महिला ट्वान्टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।
यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो । नेपालले पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो ।





प्रतिक्रिया राख्नुहोस्