राजनीति

राष्ट्रपतिबाट बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको हो ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

त्यसको चार दिनपछि राष्ट्रपतिले त्यही सीटमा गौतमलाई मनोनयन गर्नुभएको हो । यसको जानकारी अब संघीय संसदलाई गराइने राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.