जल/वातावरण

बिहीबार थपि १ हजार २ सय ४६ जना कोरोना संक्रमित

नेपालमा बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सहित हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।  त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २४३ जना कोरोनाबाट निको भएका छन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ७२ प्रतिशत हो । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ छ ।

पछिल्लो २४ घण्टामा मृतक थप ४ जनामा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म मृतक ३ सय ८३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.