राजनीति

शपथ लिंदै गौतमको प्रतिबद्धता "राष्ट्रियसभाको प्रतिष्ठा र गरिमा गिराउने काम गर्दिन"

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको शपथ लिनुभएको छ । शपथपछि उहाँले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताउनुभएको छ ।

बिहिबार अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।

शपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गर्दै राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो ‘समाजवादमा जाने संकल्प पूरा भूमिका निर्वाह गर्नेबाहेक अर्को स्वार्थ छैन, राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.