राजनीति

प्रजातन्त्रको सौन्दर्य नै फरक विचार : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्रलाई अझ सुदृढ बनाउन फरक विचार बोक्ने शक्ति पनि बलियो हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “प्रजातन्त्रको सौन्दर्य फरक विचार हो । यसैले प्रजातन्त्रलाई बलियो बनाउन फरक विचार बोक्ने शक्ति बलियो हुन जरुरी छ ।”

पार्टीका जिल्ला अध्यक्षसँग आज भएको भर्चुअल अन्तरक्रियामा उहाँले पार्टीलाई शसक्त राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिमा रुपान्तरण गर्ने बताउनुभयो । उहाँ पछिल्लो समय सामाजिक सञ्जाल मार्फत पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गरिरहनुभएको छ ।

केही दिन अघि केन्द्रीय सदस्यहरुसँग छलफल गर्नुभएको थियो । अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरीक अवस्था एवम् भावी कार्ययोजना, कोरोनाको प्रभाव र पार्टी एकताको विषयमा बैठकमा सहभागी अध्यक्षलाई जानकारी गराउनुभएको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा जिल्ला अध्यक्षले जिल्लामा जनपरिचालन गर्नुपर्ने आवश्यकतामा दिनुभएको थियो । बैठकमा ५१ जिल्लाका अध्यक्ष सहभागी हुनुभएका केन्द्रीय सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.