राजनीति

डा केसीका मागबारे वार्ता गर्न टोली गठन

सरकारले चिकित्सक डा गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उहाँको अनशनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्र पन्थले विज्ञप्ति जारी गरी सो कार्यालयका सचिवको संयोजकत्वमा वार्ता गर्न टोली गठन गरेको हो ।

वार्ता गर्न टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा नेपाल मेडिकल एसोसिएशनका प्रतिनिधि रहेका छन् । विज्ञप्तिमा अनशन तोडेर वार्तामा आउन डा केसीलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.