राजनीति

कस्तो प्रतिवेदन बुझाउला महाअभियोग सिफारिस समितिले

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन शनिबार बुझाउने भएको छ ।

समितिले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरू साधेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिएको र प्रतिवेदन शनिबार बुझाउने तयारी भएको सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो ।

असोज १ गते राति १२ बजे सकिने भएकाले समितिले शनिबार नै संसद्मा प्रतिवेदन बुझाउने तयारी गरेको हो । जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे ।

समितिले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई बयानका क्रममा आएको सवालमा प्रश्न गर्नका लागि बोलाउने निर्णय गरे पनि सर्वोच्च अदालतका न्यायाधीश शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जान नमल्निे र पूर्वप्रधानन्यायाधीशहरूले पनि आफूहरू जान नमिल्ने पत्र समितिलाई पठाएपछि समितिले वरिष्ठ अधिवक्ता र अधिवक्तासँग मात्र वयान लिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.