राजनीति

निर्वाचनमा जानु प्रतिगमन हुँदैन : ओली

निर्वाचन आयोगलाई गठबन्धनको स्वार्थ अनुसार लतार्ने काम नगर्न सरकारलाई चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जानु प्रतिगमन नहुने बताउँदै आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको यो कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै उहाँले चुनावको घोषणा जुनसुकै रुपमा अग्रगामी र लोकतान्त्रिक प्रक्रिया हुने बताउँदै उहाँले यस्तो बताउनुभएको हो ।

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतले संसद पुनःस्थापना गरिदिएकाले आफूहरुको यहाँ भेट भएको बताउनुभएपछि अध्यक्ष ओलीले सो धारणा राख्नुभएको हो ।

सम्बोधनका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाटै बनेको पुनः दोहोर्याउँदै सरकार संविधान विपरित रहेको र यो प्रतिगमन भएको पनि दावी गर्नुभयो ।

उहाँले भन्नुभयो- “सरकार बनाएको परिवेश त छताछुल्ल भएकै छ । जे भए पनि अब हामी एउटा कोर्षमा गइसकेका छौं । निर्वाचनको मिति तोकिएको छ । यो प्रतिगमन होइन । तर, संविधानविपरित परमादेशबाट सरकार गठन हुनु चाहिं प्रतिगमन नै हो ।”

सम्बोधनका क्रममा अध्यक्ष ओलीले संसदको प्रारम्भमा निकै राम्रा काम भएको बताउनुभयो । प्रारम्भमा धेरै कानुन संसोधन गरेको, संघीयताका संरचना निर्माण गरेका, संघ, स्थानीय तह कसरी चलाउने भनेर संविधान अनुकुल कानुन र अन्य संरचना निर्माण गरेको बताउनुभयो ।

यस्तै, प्रदेशहरूको राजधानी तोक्ने, एउटा बाहेक बाँकीको नामाकरण लगायत काम निकै राम्रोसँग गरेको बताउनुभयो । साथै, भूकम्पपछिको पुनर्निर्माणमा पनि अत्यन्तै प्रभावकारी काम भएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले निर्वाचन आयोग गठबन्धन सरकाले जता लतार्छ उतै लतारिने काम नगर्न र सरकारले पनि निर्वाचन प्रभावित पार्ने काम नगर्न चेतावनी पनि दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.