जापान

जन कल्याणकारी संस्था जापानद्वारा आर्थिक सहयोग हस्तान्तरण

बाग्लुङ्ग जिल्लाका बिभिन्न स्थानमा भएका दैबी प्रकोपमा परि बिस्थापित भएकाहरुलाई जन कल्याणकारी संस्था जापान लगायतले आर्थिक संकलन गरि राहत रकम हस्तान्तरण गरेका छन ।
संस्थाको तर्फ बाट ५०,००० येन सहित संस्थाका पदाधिकारी सदस्यहरू र सुभेच्छुकहरू मार्फत उठेको रकम कुल १९४३६० रकम ४४ घर परिवार सम्म पुर्याइएको संस्थाका अध्यक्ष अर्जुन कंडेलले जानकारी दिए ।
बागलुंङ ज़िल्लाका ढोरपाटन नगरपालिका, निशी खोला गाऊँपालिका, तमान खोला गाऊँपालिका, काँठे खोला गाऊँपालिका, जैमिनि नगरपालिका र बागलुंङ नगरपालिका लगायतमा बाढी पहिरोले नोक्सानी गरेको थियो ।
सो पहिरोले ३८ जनाको मानवीय क्षति र करिव ८० घर, कैयौं पशु चौपाय र खेतियोग्य ज़मीन, बिध्यालय, विद्युत गृह र सड़क खानेपनी लगायत भौतिक संरचना बगाएको थियो । संस्थाले जापानमा रहेका सम्पूर्ण नेपालीहरु मार्फत सहयोग रकम संकलन गर्दै देशका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.