जापान

बद्री पौडेलको अध्यक्षतामा नेपाली व्यवसायी संघ फुकुओका गठन

जापानमा रहेर विभिन्न व्यवसायमा संलग्न नेपालीहरुको संस्था नेपाली व्यवसायी संघ (एनविए) जापानको फुकुओका क्षेत्रीय समिति गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा बद्री पौडेल सर्वसम्मत चयन भएका छन् ।

यस्तै १३ सदस्य रहेको समितिको वरिष्ठ उपाध्यक्षमा विपिन कँडेल, उपाध्यक्षमा प्रकाश लामिछाने, सचिवमा रोशन राई, सहसचिवमा हरि रेग्मी, कोषाध्यक्षमा विवेक बुढाथोकी र सहकोषाध्यक्षमा भवनाथ गैरे चयन भएका छन ।

यस्तै सदस्यहरूमा मिलन बस्नेत, दयाराम कँडेल, विशाल केसी, रुपक गैरे, धुव्र गैरे र हरि सापकोटा (नागासाकी) चयन भएका छन ।

एनविएका महासचिव बावुराम पौडेलले निगाता, ओशाका, फुकुओका र नागोयामा समिति विस्तार गर्ने लक्ष्य अनुरूप संस्थाले कार्यसमिति विस्तार गरेको जानकारी दिनुभयो ।

फुकुओकामा भएको कार्यक्रममा एनविए जापानका अध्यक्ष बिजय थकाली सहित विभिन्न पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

एनआरएनए आईसीसी कोषाध्यक्ष महेश श्रेष्ठको प्रमुख आथित्यमा भएको कार्यक्रमा एनआरएनए एसिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, व्यवसायीहरू नरवहादुर थापा, टंक गैरे लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.