अर्थ

अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन २३ अर्बभन्दा बढी ऋण दिँदै विश्व बैंक

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणका कारण उत्पन्न परिस्थितिले विग्रदो अर्थतन्त्रलाई सुदृढ बनाउने सरकारको प्रयासलाई सघाउन विश्व बैंकले नेपाललाई २३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । 

कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती सामना गर्न तथा नेपाल सरकारले अघिसारेका वित्तीय क्षेत्र सुधारका सबल योजना कार्यान्वयनका निम्ति बैंकले विश्व बैंकले रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउन लागेको हो ।

‘आर्थिक विकासका निम्ति वित्त’ शीर्षकमा बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व, वित्तीय साधनको विविधीकरण, वित्तीय क्षेत्रमा पहुँच विस्तार तथा कोभिड–१९ को महामारीले सृजना गरेको परिस्थितिबाट अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने नेपाल सरकारका प्रयासमा सघाउन उक्त ऋण स्वीकृत गरिएको बैंकको वासिङ्टनस्थित प्रधान कार्यालयले आज जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.