जन सरोकार

बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका तीनको मृत्यु

बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।

ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको पासोमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

गए राति १० बजेतिर एक जनालाई करेन्ट लागेको थियो । बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । पासो थाप्ने ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.