कला/मनोरन्जनकलिउड

प्रेमगीत ३ प्रदर्शनको सन्मुखमा किन निकालियो विवाद ?

नेपाली चलचित्र इतिहासमै पहिलोपटक बहुराष्ट्रिय चलचित्र बन्न सफल भएको प्रेमगीत ३ को प्रदर्शन मिति नजिकिंदै गर्दा यसप्रतिको उत्साह अरु बढेको छ ।

नेपाली र हिन्दी भाषामा असोज ७ गते एकसाथ विश्वभर प्रदर्शन हुने प्रेमगीत ३ ले इतिहास रचेको भए पनि नेपालमा यसका बिरुद्ध विवाद खडा गर्ने काम भएकोमा निर्माण पक्षले असन्तुष्टि जनाएको छ ।

चलचित्रका कार्यकारी निर्माता तथा सामाजिक अभियन्ता चक्रबहादुर चन्दले सामाजिक सञ्जालमार्फत चलचित्रका बारेमा सिर्जना गरिएकोप्रति दुःख व्यक्त गर्नुभएको छ ।

चन्दले लेख्नुभएको छ, प्रेमगीत ३ ले बलिउडमा सिगो नेपालको प्रतिनिधित्व गरेको छ, ढोका खोलेको छ अनि पर्यटन प्रबर्द्धनमा ठूलो योगदान दिएको छ भने देशको गरिमालाई बढाएको स्पष्ट गर्नुभएको छ ।

हुन पनि भारतमा चलचित्रको ट्रेलर रिलिज भएपछि त्यहाँका समीक्षकहरुले चलचित्रको दृश्य अतुलनीय रहेको भन्दै तारिफल गरेका थिए । यो चलचित्रपछि भारतलगायतका देशका चलचित्र निर्माताहरुका लागि नेपाल छायांकनको प्रमुख गन्तव्य हुने अपेक्षा गरिएको छ ।

नेपालको समग्र प्रचारमा सघाउ पुर्याएको र नेपाली चलचित्रलाई भारतको बजारको ढोका खोलेको प्रेमगीत ३ टोलीलाई केही दिन अघि चलचित्र विकास बोर्डले सम्मान गर्दा बोर्ड अध्यक्ष भुवन केसीले सबै किसिमको सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।

अध्यक्ष केसीको यही अभिव्यक्तिलाई स्मरण गराउँदै चन्दले प्रेमगीत ३ लाई दिन सकिने सबै किमिसको सुविधाका लागि तालुक मन्त्रालयका साथै सम्माननीय प्रधानमन्त्रीज्यूसँग राखेर आफ्नो बचन पूरा गर्न निर्माता चन्दले अनुरोध गर्नुभएको छ ।

उहाँले चलचित्रमाथि निकालिएको विवादका विषयमा स्पष्ट गर्दै भन्नुभएको छ, “व्यक्ति विशेषले कहाँ के बोल्यो भन्दा पनि अब सिङगो विकास बोर्डले के गर्‍यो भन्ने कुरा आमनागरिकले चासो र महत्व राख्ने हुँदा जीवनको आधा समय नेपाली चलचित्रको विकासमा समर्पण गर्नुभएका अध्यक्ष केसीले आफ्नो बचन पूरा गर्न” सुझाव दिनुभएको छ ।

झण्डै डेढसय वर्षअघिको सत्य घटनामा आधारित रहेको यो चलचित्रका निर्माता सन्तोष सेन रहनुभएको छ भने निर्देशन सन्तोष सेन र छेतेन गुरुङ छ भने कथा पनि छेतेनकै रहेको छ । लेखक तथा निदेशक गुरुङको केही समयअघि निधन भएको थियो ।

चलचित्रमा शिव श्रेष्ठ, सुनील थापा, प्रदीप खड्का, नवनायिका कष्टिना गुरुङ, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.