राजनीति

प्रधान न्यायाधीश निवासमा राष्ट्रिय मानवअधिकार आयोगको टोली

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासमै प्रहरीले घेराबन्दी गरेपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली निवासमा पुगेको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचविको नेतृत्वमा सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको बताउनुभयो ।

आयोगकी सदस्य लिली थापाका अनुसार जबरालाई नजरबन्दमा राखिएको समाचार आएपछि आयोगका सहसचिव डा. टीकाराम पोखरेलको नेतृत्वमा आयोगले अनुगमनका लागि टोली पठाएको हो ।

थापाका अनुसार टोलीले सर्वोच्च र जबरा निवासमा पुगेर अनुगमन सुरु गरेको छ । अनुगमन टोली फर्किएपछि जबराको अवस्थाबारे आयोगले धारणा सार्वजनकि गर्ने पनि थापाले बताउनुभयो ।

१ फागुन २०७८ मा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा पर्नुभएको थियो । महाभियोगबारे निर्णय नगरी १ असोजको मध्यरातबाट प्रतनिधिसिभा सदस्यहरुको कार्यकाल सकिएपछि जबराले सर्वोच्चमा फर्किने भन्दै प्रशासनमा खबर पठाउनुभएको थियो । त्यसलगत्तै उहाँको निवासमा सुरक्षा सतर्कता बढाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.