जन सरोकार

वरिष्ठ पत्रकार गौतमको निधन

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आइतबार ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीका अनुसार गौतमलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि बीएण्डबी अस्पताल भर्ना गरिएको थियो ।

नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतम सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासङ्घका कार्यवाहक सभापति हुनुहुन्थ्यो ।

काठमाडौँको कमलपोखरीमा जन्मिनु भएका गौतमको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गौतमको श्रीमती र दुई छोरा हुनुहुन्छ ।

गौतम कोभिड सङ्क्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो । पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा उहाँले सदा प्रजातन्त्रका पक्षमा कलम चलाउनुभएको थियो ।

पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिँदा उहाँबाट सम्पादन, प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो । २०४२ को बम काण्डका बेला रामराजा प्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उहाँलाई छ महिना हनुमानढोकामा थुनिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.