जन सरोकार

टुकुचामाथि बनेका संरचना नभत्काउन अन्तरकालीन आदेश

टुकुचा बगाउन बनाइएको सुरूङ ऐतिहासिक सम्पदा भन्दै पुरातत्वको टोली महानगरमा

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना भत्काउने अभियानलाई उच्च अदालतले ब्रेक लगाइदिएको छ । आइतबार उच्च अदालत पाटनले ती संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ ।

प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकाले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो । अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

यसैबीच पुरातत्व विभागले टुकुचा जमिनमुनिबाट बगाउन १३० वर्षअघि राणा प्रधानमन्त्री वीर शमशेरका पालामा निर्माण भएको भूमिगत सुरूङलाई ‘ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा’ भन्दै त्यसमा क्षति पुग्ने गरी काम नगर्न काठमाडौं महानगरपालिकासँग छलफल गर्ने भएको छ।

विभागका महानिर्देशक दामोदर गौतमले टुकुचालाई जमिनमुनि बगाउन इँटाको गुम्बज शैलीमा बनाइएको सुरूङ सय वर्षभन्दा अगाडि नै बनेकाले यो स्वतः पुरातात्विक सम्पदामा पर्ने भन्दै डोजर चलाउँदा पुरातात्विक सम्पदामा क्षति पुग्नसक्ने भएकाले थप क्षति हुन नदिन महानगरसँग छलफल गर्न टोली पठाउने बताउनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.