एन आर एन न्युजजापान

जापानभरिका एनआरएनए अभियन्ताहरू फुकुओकामा (फोटो फिचर)

गैरआवासीय नेपालीसंघ (एनआरएनए) जापानका विभिन्न क्षेत्रका पदाधिकारीहरू नेपालीहरूको बाक्लो घनत्व रहेको शहर फुकुओकामा भेला भएका छन् । एनआरएनए जापानको नवौं वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा आयोजित स्वागत तथा परिचय कार्यक्रममा जापानभरिका संस्थाका पदाधिकारीहरू भेला भएका हु्न।

एनआरएनए जापान क्युसु क्षेत्रिय समितिको आयोजनामा भएको स्वागत कार्यक्रममा एनआरएनए आईसीसी कोषाध्यक्ष महेश श्रेष्ठ, एसिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठ, पूर्व आईसीसी सदस्यहरू, वर्तमान कार्यसमितिका अध्यक्ष देवीलाल भण्डारी सहित पदाधिकारीहरू, सल्लाहकारहरू तथा मानार्थ सदस्यहरूको सहित सयबढीको सहभागिता रहेको थियो ।

कोरोना भाइरस संक्रमणका लागि विशेष सावधानी सहित दुरी कायम गरिगरिएको कार्यक्रममा फुकुओकास्थित महावाणिज्य नियोगका लागि नवनियुक्त अवैतानिक राजदूत किमोतो युईचिहिरोको विशेष उपस्थिति रहेको थियो ।

साथै एनआरएनए जापानका विभिन्न क्षेत्रका क्षेत्रिय संयोजकहरूको समेत सहभागितामा भएको कार्यक्रम पस्चात शनिबार संस्थाको नवौ साधारणसभा हुनेछ।

शनिबार नवौ साधारण सभा हुँदै
हागाता सिमिन सेन्टरमा शनिबार बिहान ११ बजेबाट हुने साधारण सभामा संस्थाको विधान शंशोधन सहित विभिन्न रणनीतिहरू तय गरिने एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले जानकारी दिनुभयो ।

सोही अवसरमा एनआरएनए जापानले हालै सुरू गरेको जापानवासी नेपालीका लागि स्वास्थ्य बीमा कार्यक्रमका बारेमा विशेष जानकारी समेत दिईने तयारी गरिएको छ ।








प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.