जापान

क्युस्यु नेप्लिज वेलफियर सोसाइटी गठन, अध्यक्षमा कैलाश बुढाथोकी

जापानको फुकुओका स्थित किताक्युस्यु कोकुरामा पनि पछिल्लो समय नेपाली समुदायको उपस्थितति बाक्लो हुदै गईरहेको सन्दर्भमा नेपाली समुदायलाई एकिकृत गर्ने उद्देश्यले क्युस्यु नेप्लिज वेलफियर सोसाइटी गठन गरिएको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरी सोसाइटीको औपचारिक उदघाटन गरिएको हो । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान सदस्य तथा आगामी कार्यकालका एसिया प्यासिफिक क्षेत्रका उप–संयोजकका उम्मेद्धार टंक गैरेको प्रमुख अतिथिमा प्रत्यक्ष तथा जुम भर्चुअल मार्फत कार्यक्रम सम्पन्न भएको थियो।

भिजन अनलाईन न्युजको कार्यकारी निर्देशक तथा नेपाल आदिबासी जनजाति महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमितिका सचिब सन्तमान शाक्यको पहलमा त्यहाँका नेपाली नेपाली समुदायलाई एकताबद्ध गरी कैलाश बुढाथोकिको नेतृत्वमा क्युस्यु नेप्लिज वेलफियर सोसाईटि गठन गर्न सफल भएको हो ।

कार्यक्रममा बिशेष अथितिको रुपमा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष सजीब चाम्लिङ्ग राई तथा महासचिब शिशिर लिङ्गदेन र हाम्रो नेपाल हामी नेपालीका संयोजक धर्म राज अधिकारी, जापानमा नेपालीहरूद्वारा संचालन गरिएको मिराई लाईफ ईन्स्योरेन्सका तर्फबाट पत्रकार आनन्द कोइरालाले विशेष सम्वोधन गर्नु भएको थियो ।

कार्यक्रममा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, सचिब देबराज उप्रेती, एनआरएन क्यूशुका संयोजक अर्जुन बगाले थापा, नेफ़िन क्यूशुका अध्यक्ष रोशन कुमार राई, फ़ूकूओका नेपाल सोसाईटीका अध्यक्ष माधव सिग्देल लगायतको जुम भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।

जापानको फुकुओका किताक्युस्युमा बसोबास गर्ने नेपाली समुदायलाई जापानका सम्पुर्ण संघसंस्थाका अध्यक्ष लगायतका प्रतिनिधिहरुसंघ साक्षात्कार गर्ने उद्देश्यले पनि सम्पुर्ण संघसंस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको कार्यक्रम आमन्त्रण गरिएका अधिकांश संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरुको उपस्थिति रहेको थियो ।

उपस्थित प्रमुख अतिथि, बिशेष अतिथि, अतिथिहरूले शुभकामना मन्तव्य राखदै किताक्यूशुमा नेपालीहरुलाई एकताबद्द गर्ने उद्देश्यले क्यूशु नेप्लिज वेलफिअर सोसाईटी गठन गर्न सफल भएको सम्पूर्ण टीमलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए। उक्त कार्यक्रममा सहभागी प्रमुख अतिथि तथा बिशेष अतिथि ज्युहरूले संस्था गठन भन्दा पनि त्यसलाई नीति नियमसंगत र बिधी बिधान अनुसार निरन्तर सक्रीए भएर काम गर्नु ठुलो चुनौती रहेको बताएका थिए । नेतृत्व बिकास गर्दै अगाड़ी बढ़न हौसल्ला प्रदान गर्दै आगामी दिनमा सहकार्य गर्दै अगाड़ी बढ़ने प्रतिबद्दता समेत जनाएका थिए ।

नवगठित क्युस्यु नेप्लिज वेलफियर सोसाईटि हाललाई १६ सदस्यीय कार्यसमिति गठन गरिएको छ भने कार्यक्रममा सहभागि भएकामध्ये अधिकांश संस्थामा आबद्ध हुन इच्छुक देखिएकाले संस्थाको पहिलो औपचारिक बैठकबाट अन्य ३ जनालाई कार्यसमितिमा आबद्ध गरिने भएको छ ।

संस्थाको संरक्षकको भूमिकामा भिजन अनलाईन न्युजका कार्यकारी निर्देशक सन्तमान शाक्य रहेका छन भने उक्त संस्थाको अध्यक्षमा कैलाश बुढाथोकी चयन भएका छन । त्यसै गर उपाध्यक्षमा भने सुमन वाईबा, महिला उपाध्यक्षमा सोफिया मगर, महासचिबमा शिला मल्ल ठकुरी, सचिबमा अञ्जन शर्मा, कोषाध्यक्षमा बिशाल गिरी चयन भएका छन् ।

यसै गरी सदस्यहरुमा भने राजन कुमाल, प्रल्हाद रिजाल, सुजन राई, बिकास कार्की, प्रमे आचार्य, बिजय राई चयन भएका छन । सल्लाहकारको भूमिकामा भूपेन्द्र बहादुर बोट, प्रकाश खड्का र सुदिप शिलाकार छन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.