राजनीति

अग्रगामी सबै नेपालीले गठबन्धनलाई विजयी गराउनुपर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारलगायत विषयमा अग्रगामी रहेको बताउनुभएको छ ।

संविधान दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिनुहुँदै उहाँले लामो सङ्घर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रूपमा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।”

अध्यक्ष प्रचण्डले सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पु¥याउने श्रेय पनि वर्तमान संविधानलाई जाने बताउनुभएको छ । यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको पनि उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले सन्देशमा भन्नुभएको छ, “वर्तमान संविधानकै कार्यान्वयनका क्रममा हामी आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा÷ प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियामा छौँ । संविधान एवं सिङ्गो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि यस निर्वाचनमा गठबन्धनमा रहेका दलहरूको जीत अपरिहार्य भएको छ ।”

उहाँले प्रतिगमन विरोधी अग्रगामी सबै नेपालीलाई गठबन्धनमा रहेका दलहरूलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि हार्दिक अपिल गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.