नागरिकता विधेयकमा ‘पकेट भिटो’ प्रयोग गर्न राष्ट्रपतिलाई सुझाव
राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट जस्ताको तस्तै दोस्रोपटक पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक हस्ताक्षर नगर्न प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनले आग्रह गरेको छ ।

संविधान दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै संगठनले नागरिकता विधेयकले गम्भीर राष्ट्रघात गर्नेतर्फ सचेत पार्दै विधेयक प्रमाणिकरण नगर्न पकेट भिटोको प्रयोग गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरिएको छ ।
संगठनका अध्यक्ष भोजराज आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा अमेरिका लगाएत विभिन्न देशमा राष्ट्रपतिले पटक–पटक पकेट भिटोको प्रयोग गर्ने गरेको नजिर रहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा राष्ट्रपतिले पुर्नविचारको लागि सदनमा फिर्ता पठाएपछि यसमा सदस्यहरुलाई संशोधनको मौका दिएर संशोधन उपर छलफल गरेर मात्र प्रस्तुत रुपमा वा संशोधन सहित फिर्ता गर्नु पर्नेमा सो प्रक्रिया पुरा नगरी हुबहु रुपमा विधेयक पारित गरिएको हुँदा सो कार्यले संविधान र कानूनको गंभीर उल्लंघन भएको भनिएको छ ।
प्रतिक्रिया राख्नुहोस्