कला/मनोरन्जनकलिउडजापान

केशव पौडेलको “इत्ती भयो कुराउनी” सार्वजनिक (भिडियोसहित)

जापानमा प्रवासी जीवन बिताइरहेका गीतकार केशव पौडेलको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । श्रृंगारिक भावका गीतहरू लेखनमा दख्खल रहेका पौडेलको अलग्गै शैलीको “इत्ती भयो कुराउनी” गीत केशव पौडेल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

पौडेलको पहिलो सिर्जना नै “उही खोलीमा पानी” बोलको गीतले युट्यूवमा करोड क्लब पार गरेको थियो भने त्यसपछि आएका गुन्द्रुक मिठो सागको, राम कसम, पुतली, उज्यालो भो जूनले, उही खोलीमा भाग २ रातको शिकारी, स्यानी २ राजा रानी लगायतका सिर्जनाले पनि उल्लेखनीय सफलता पाएको थियो ।

अहिले बजारमा आएको इत्ती भयो कुराउनी का शब्दहरू उत्तिकै प्रणयभावको अनि अलग्गै भाका र शैलीको रहेको छ । खेम पुनको लय अनि अर्जुन सापकोटा र अमृता श्रीपालको स्वर रहेको यो गीतमा संगीत संयोजन भने याम थापा मगरले गरेका छन् ।

प्रविन थापाको कोरियोग्राफी अनि निर्देशन रहेको “इत्ती भयो कुराउनी”मा अहिलेको चर्चित अनि लोकप्रिय मोडलहरू लोमश शर्मा र रिना थापा मगरको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोको सम्पादन प्रविण भट्टले गरेका छन् ।

यो गीतलाई यूट्यूबमा यो लिंकमा गएर हेर्न सकिन्छ…

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.