जन सरोकार

बाबुआमा वेपत्ता, छोराछोरीको बिचल्ली

कपिलवस्तुको शिवराज नगरपालिका–९ रमवादहवाका ४५ वर्षीय ढिकरु र उहाँकी श्रीमती ४० वर्षीया शिवरतनी थारु हराएपछि उनीहरुको छोराछोरी बिचल्लीमा परेका छन् ।

विसं २०७८ माघ ९ गते दुवै घरबाट निस्केर दाङ जान्छु भनेर ती दम्पत्ति हिँडेका थिए । दुवै बोल्न नसक्ने थिए । दम्पत्ति हराउँदा उनीहरुका सन्तानलाई खान र लगाउन समस्या भएको छ ।

बोल्न नसक्ने आमाबुवा हराउँदा तीन छोरी र एक छोरा बिचल्लीमा परेका छन् । छोरीहरु १७ वर्षीय रामकली, १३ वर्षीय सीता, आठ वर्षीय अस्मिता र वर्ष छका छोरा सुवास समस्यामाछ न् । माइली छोरी सीतालाई लिन दाङ हिँडेका दुवै अझैसम्म बेपत्ता भएका छन् ।

आफ्नो बुवाआमालाई खोजी गरी दिनका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा जानकारी दिएको ठूली छोरी रामकलीले बताउनुभयो । रामकलीले भन्नुभयो, “सकेजति आमाबुवाको खोजी गरिहेका छाँै तर कहीँ कतै भेटिनुभएको छैन ।”

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले हराएको थाहा पाउनासाथ खोजी कार्य जारी राखेको बताउनुभयो ।

सञ्चारमार्फत सबै ठाउँमा दुवैको हुलियासहित जानकारी गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक शाहीले भन्नुभयो, “अहिलेसम्म कहीँबाट कुनै खबर आएको छैन आएपछि हामी परिवारलाई तत्काल बोलाउँछौँ ।”

बुवाआमा आउछन् भन्ने आस गरेको पनि आठ महिना पुग्नै लागेको छोराछोरीको भनाइ छ । बुवाआमा नआएपछि उनीहरु शिवराज नगरपालिका–१ सोनपुरमा रहेको मावली हजुरबुवा हरिप्रसाद थारुको घरमा बस्दै आएका छन ।

अरुको खेतमा काम गर्ने हरिप्रसाद आफैँ बिरामी परिरहनुहुन्छ । हरिप्रसादले ज्याला मजदुरी गरी कमाएर ल्याएको रकमले नातीनातिनालाई पाल्दै आएको बताउनुभयो । छोरी ज्वाईलाई धेरे खोज्ने प्रयास गरे पनि कहीँ कतै नभेटिएको उहाँले बताउनुभयो ।

एक दिन आउछन् भन्ने विश्वास रहेको उहाँको भनाइ थियो । माइली छोरीले पनि आमाबुवा बोल्न नसक्ने भए पनि हाम्रो साहारा हुनुहुन्थ्यो भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.