खेलफूटबल

साफ महिला च्याम्पियनशिपको उपाधि बंगलादेशलाई

साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशलाई पराजित गरी घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना फेरि पनि अधुरै भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बंगलादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको मध्यान्तरसम्म नेपाल बंगलादेशसँग २–० गोल ले पछाडि परेको थियो भने खेलको दोस्रो हाफमा बंगलादेश र नेपालले एक/एक गोल गरे ।

बंगलादेशका लागि सामसुनाहरले खेलको १३औँ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१औँ मिनेटमा गोल गरिन् ।

तेस्तै खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् । खेलको ७६औँ मिनेटमा बंगलादेशकी श्रीमोतीले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–१ को जीत दिलाइन् । यस हारसँगै नेपाल प्रतियोगितामा दोस्रो भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.