साहित्य

रमेश विकल-अरुणिमा अन्तर विद्यालय स्थलगत चित्रकला प्रतियोगिता सम्पन्न

रमेश विकल-अरुणिमा अन्तर विद्यालय स्थलगत चित्रकला प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ । नव अरुणिमा विद्यालय आरुबारीका व्यवस्थापन समिति अध्यक्ष गोपाल बरालको अध्यक्षता तथा रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यको प्रमुख अतिथि कार्यक्रम सम्पन्न भएको हो ।

रमेश विकल साहित्य प्रतष्ठानका महासचिव विजय चालिसे, अरूणिमा शैक्षिक प्रतिष्ठाका अध्यक्ष भीमानन्द ढुङ्गाना, सोही प्रतिष्ठानका कार्कारी प्रमुख इश्वरीप्रसाद लनमिछाने, शम्भु बडाल, अर्जुन दङ्गाल, मूल्याङ्कनकर्ताद्वय सरिता डङ्गोल, प्रकाश शाक्य लगायत अतिथि रहनुभएको सो प्रतियोगितामा ११ विद्यालयका ३३ जना विद्यार्थीहरूले भाग लिएका थिए ।

सहभागी विद्यार्थीहरूमध्ये नव अरुणिमा मावि आरुबारीका छात्रा दिव्यांश रिसाल प्रथम, अरुणिमा मावि बौद्धका छात्रा सिरीकन्या राई द्वितीय, विद्यासागर माविका छात्रा विनिता तामाङ तृतीय र नवअरूणिमा मावि तथा पाँचपोखरी माविका छात्रद्वय सभ्यता थापा र कुसाङ शेर्पाले सान्त्वना घोषित भएका छन् ।

विजयी पाँचजनालाई स्व. रमेश विकलको जन्मजयन्तीका अवसरमा भाइ टीकाको विहान पुरस्कार अर्पण गरेर प्रतियोगिताको समापन हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.