साहित्य

वियोग

– ईश्वर चालिसे

कल्पनाको महल बगरको
अप्राप्त तृष्णा प्रत्येक रहरको ।
दारुण सखी तिमीले आज
मदिरा दियौ भनी प्रसाद ।।

दीप्त मनको जड ज्वाला
प्रसाद तिम्रो भर्दै प्याला ।
मेरो तपको यही हो प्राप्ति
भोग्छु भट्टीमा हरेक रात्रि ।।

बहुधा झझल्को हृदयभरि
पिंजडा भित्रको ब्याकुल चरी ।
कठोर पुरुषको कोठा भित्र
खोजी रहे झैं प्यारो मित्र ।।

पाषाणको त्यो तिम्रो छाती
बदलामा के पायौ मसंग साटी ।
कोमल कुसुम पायौं धुजाधुजा
सुते परेली म रुँदा रुँदा ।।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.