जल/वातावरण

थपिए एक हजार ३ सय २५ संक्रमित, १० जनाको मृत्यु

आइतबार नेपालमा कोरोनाभाइरसका एक हजार ३ सय २५ जना सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितको संख्या ६४ हजार १२२ जना पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा दश जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ४११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिइएको हो । मन्त्रालयका अनुसार देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौहजार ५ सय ८४ वटा आरटी पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा नौ लाख १४ हजार २९० वटा आरटी पीसीआर परीक्षण पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ९६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४६ हजार २३३ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ । हाल १७ हजार ४७८ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।

संस्थागत आइसोलेसनमा नौहजार ७१ सहित आइसोलेसनमा कुल १७ हजार ४७८ पुगेको छ । क्वारेन्टिनमा सात हजार ४५१ जना छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.