क्रिकेटखेल

ओमानमाथि नेपालको ठूलो अन्तरको जित

ओमानमा जारी विश्वकप लिग २ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई ठूलो अन्तरले पराजित गरेको छ । चार खेलमा दुई जित र दुई हारसहित नेपालले ओमानयात्रा टुंग्याएको छ ।

नेपालले ओमानसंग यसअघि भएको हारबाट राम्रो पाठ सिकेर बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरी ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य ३ विकेको क्षतिमा १८.२ ओभरमा पूरा गरेको थियो ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालले ओमानलाई १२१ रनमा अलआउट गर्दा सहज जीतको बाटो तय भएको हो । आजको जितसंगै नेपाल ७ राष्ट्र सम्मिलित समुहमा ८ अंकका साथ चौथो स्थानमा उक्लेको छ ।

नेपालको जीतमा कप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट पारी महत्वपूर्ण रह्यो । जारी प्रतियोगितामा मल्लले दोस्रो अद्र्धशतक पूरा गरे । मल्लले ४६ बलमा ५२ रन बनाएर अविजीत रहे । त्यस्तै आसिफ शेखले ४० रनको योगदान दिए । सुरुवात ब्याट्सम्यान कुशल भुर्तेलर्ला ६ रनमा गुमाएपछि मल्ल र शेखले नेपालको पारी सम्हालेका थिए ।

यसअघि पहिले बलिङ गर्ने क्रममा ओमानका कुनै पनि ब्याट्सम्यानलाई खुलेर खेल्न नदिएका नेपाली बलरहरुमा करण केसी र सन्दीप लामिछाने सर्वाधिक सफल रहे । दुबैले समान ४-४ विकेट लिए भने र शरद भेषवाकरले २ विकेट लिए ।

यसअघि अमेरिकासंगको दुई खेलमा एकमा जित हातपारेको नेपाल दोस्रो खेलमा पराजित भएको थियो भने ओमानसंग पनि पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.