राजनीति

४८ दलबाट मात्र समानुपातिक उम्मेदवारको सूची दर्ता

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । प्रतिनिधि सभामा समानुपातिक संख्या ११० रहेको छ ।

निर्वाचनमा भाग लिन ६८ दलले निवेदन दिएकोमा ४८ दलले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार प्रदेश १ मा ३६, मधेशमा ३६, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८, सुदूरपश्चिममा ३४ दलले बन्दसूची दर्ता गराएका छन् ।

समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आयोगले आइतबार र सोमबारको कार्यतालिका तय गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.