राजनीति

एक बथान दल मिल्दा पनि ‘भाभी’ प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रतिस्पर्धा गर्न डर !

नेकपा एमालेका नेता योगेश भट्टराईले सत्ता गठबन्धनका दुई नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी डा. आरजु राणा देउवालाई कसिलो व्यंग्य गर्नुभएको छ ।

मंगलबार विहान ट्वीट गर्दै भट्टराईले धेरै ठाउँबाट प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार सिफारिश गरिनुभएकी भावी प्रधानमन्त्री आरजु अन्ततः समानुपातिकमा बसेपछि माकुने (माधव कुमार नेपाल)को संगतको प्रतापको संज्ञा दिनुभएको छ ।

सत्ता गठबन्धनले अहिलेसम्म प्रत्यक्षा निर्वाचनका लागि सिट बाँडफाँट गर्न नसकेको अवस्थामा भट्टराईले एक बथान राजनीतिकदल मिलेर चुनाव लड्दा समेत प्रत्यक्षमा प्रतिस्पर्धा गर्ने हिम्मत नभएको टिप्पणी समेत गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ- “एक बथान राजनीतिक दल मिलेर चुनाव लड्दा समेत प्रत्यक्षमा प्रतिस्पर्धा गर्ने हिम्मत नभएपछि चुनावै नलडी संसद छिर्ने उपायमा लाग्नुभएछ ‘भाभी’ प्रधानमन्त्री आरजु ! माकुनेको संगत जो छ। जय समानुपातिक !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.