राजनीति

पूर्व मन्त्री श्रेष्ठको पारिश्रमिकको तीस लाख सामाजिक संस्थालाई

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पाँच वर्षमा पारिश्रमिक बापतको रु तीस लाख ९८ हजार सामाजिक सङ्घ संस्थालाई सहयोग गर्नुभएको छ ।

पारिश्रमिक बापतको रकम विभिन्न सङ्घ संस्था, खानेपानी, विभिन्न रोगबाट पीडित बिरामीलाई सहयोग गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

“मैले चुनावको बेला नै पारिश्रमिक लिन्न भनेर वाचा गरेको थिएँ, सोही वाचा अनुसार आमा समूह, खानेपानी योजना, विद्यालय, विभिन्न रोगका बिरामीलाई उक्त रकम सहयोग गरेको छु,” पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.