प्रबास

अमेरिकामा दोस्रो अनलाइन ट्यालेन्ट शो आयोजना हुने

विदेशमा बसेका र जन्मिएका नेपालीहरुको प्रतिभालाई अनलाइनको माध्यमबाट छनौट गरी उजागर गर्ने उद्देश्यले अनलाइन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण घोषणा भएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने अनलाइन ट्यालेन्ट शो २०२३ मा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ ।

हिमालयन म्युजिक एकेडेमी अमेरिकाको अध्यक्ष पुष्प गजमेरले आफूहरु विदेशमा भए पनि नेपाली भाषा, संगीत, साहित्य र नेपालप्रति समर्पित रहेर शो आयोजना गर्न लागिएको बताउनुभयो ।

कार्यक्रम नेपालको राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने बताइए पनि टेलिभिजनको नाम भने खुलाइएको छैन् । कार्यक्रमले विश्वभर छरिएर रहेका नेपालीलाई आफ्नो भाषा, साहित्य, संगीत तथा कलाको माध्यमद्धारा एकीकृत हुन सघाउने अपेक्षा गरिएको छ ।

हाल विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली सन्ततीहरुलाई समेत यस कार्यक्रमले नेपाल र नेपाली भाषा, कला, साहित्यप्रति आफ्नोपन जगाउँछ भन्ने उद्देश्यसहित सुरु गरिएको अध्यक्ष गजमेरले बताउनुभयो  ।

कार्यक्रममा सहभागीहरुलाई मेन्टरद्वारा प्रशिक्षण गराई उत्कृष्ट पाँचको लागि अमेरिकामा नै लैजानले आयोजकको तयारी रहेको छ ।

अन्तिम प्रतिस्पर्धीले अमेरिकामा हुने कार्यक्रममा प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाको लागि छात्रवृत्ति र अन्य गिफ्ट ह्याम्पर पुरस्कारस्वरुप पाउनेछन् ।

कार्यक्रममा अतिथिहरु बिशिष्ठ अभिनेता कृष्ण मल्ल र भुटानिज आर्टिष्ट म्युजिक एसोसिएसनका अध्यक्ष खेम रिजालले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

एसोसिएसन अमेरिका र ड्रुक इन्टरनेसनल सितारिओ कराँते अफ अमेरिकाको सहकार्यमा हुने प्रतिस्पर्धाको अडिसन जुन १, २०२३ मा सुरु हुनेछ । कार्यक्रमका संचालक, बरिष्ठ संचारकर्मी अभिनेता तथा निर्देशक दिनेश डिसीले पुष्पको यो कदमको सबैले साथ दिनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा गीतकार संघका उपाध्यक्ष बसन्त बित्यासी थापा, समाजसेवी तथा निर्माण ब्यबसायी प्रकाश कुमार श्रेष्ठ लगायत अन्य बिशिष्ठ व्यक्तित्वहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.