राजनीति

न्यायालयलाई विवादमा मुछ्नु अनुचित : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्नु अनुचित भएको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति पर्वतको नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव समयमै टुङ्गो नलगाएर सिङ्गो न्यायलयको गरिमा घटाउने काम भएको बताउनुभयो ।

उहाँले राजनीतिक दलहरुकै कारण न्यायलय विवादमा आएको भन्दै यो लोकतन्त्रका लागि नराम्रो पक्ष भएको बताउनुभयो । “महाअभियोग लागेको प्रधानन्यायधिश म निर्दोश छु भन्दै सर्वोच्चमै काममै फर्किन्छु भन्छ, सरकार अदालत आउन नदिने तयारी गर्छ, यो कस्तो खालको कानुन होे”, तिमिल्सिनाले भन्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले संसद्को कार्यकालका विषयमा दलहरुबीचको विवादले नागरिकमा नकारात्मक सन्देश गएको बताउनुभयो । उहाँले निर्वाचन आयोगले तोकेको समयावधिमा दलहरुले आ–आफ्नो तर्क गर्नु उचित नहुने भन्दै एउटै संसद्का कोही सांसद कार्यकाल सकिएर निवर्तमान हुने र कोही बहाल वाला हुँ भन्दै झण्डा हल्लाएर हिड्नु जायज नहुने बताउनुभयो ।

अर्को प्रसङ्गमा अध्यक्ष तिमिल्सिनाले निर्वाचन स्वच्छ, स्वन्तन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभएको छ । आगामी मङ्सिर ४ गतेको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने बताउँदै निष्पक्ष र निर्भयका साथ हुने निर्वाचनबाट मात्रै लोकतन्त्रलाई संस्थागत गर्न सकिने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारीले संविधानको सफल कार्यान्वयन भएमात्र सङ्घीयता सफल हुने बताउनुभयो । संविधानमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै यसको सफल कार्यान्वयन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, संविधानसभा सदस्य विकास लम्साल, प्रतिनिधिसभा सदस्य पदम गिरीलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.