जन सरोकार

अभियुक्तलाई अपराधीसरह टिप्पणी नगर्न माग गर्दै रिट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका सन्दीप लामिछानेमाथि एक युवतीले जवर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनलाई अपराधीकै शैलीमा टिप्पणी गरिएकोमा धेरैको असन्तुष्टि छ ।

सर्वोच्च अदालत

विशेष गरी यौनजन्य घठनामा अदालतले अभियोग प्रमाणित नगर्दै अपराधी सरह टिप्पणी गरी प्रहरीबाट पनि सोही व्यवहार हुन थालेपछि यस बिरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

मंगलबार यौनजन्य घटनामा अपराध अनुसन्धानका बखत अभियुक्तको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका टीका टिप्पणीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो ।

कानून सङ्कायका विद्यार्थी रेजीना पौडेलसमेतका तर्फबाट अधिवक्ता किशोर पौडललगायतले दायर गरेको निवेदनमा व्यक्तिको गोपनीयताको हकको संरक्षण गर्दै अभियुक्तलाई अपराधीसरह लाञ्छित गर्ने गरी भएका टीका टिप्पणी कानूनसम्मत नहुने जिकिर गरिएको छ ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई विपक्षी बनाई दायर सो रिटमा परमादेश/प्रतिषेधलगायत अन्य आवश्यक उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.