कर्पोरेट/पर्यटन

विश्व कीर्तिमानी सगरमाथा आरोही ‘हिम चितुवा’ शेर्पाको निधन

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा विश्व कीर्तिमान कायम गर्न सफल ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । शेर्पाको सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा निधन भएको हो ।

१० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड राखेका नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार कलेजो र मस्तिष्क सम्बन्धी समस्याबाट पीडित थिए ।

सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय शेर्पाले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए । सन् १९९६ मा बिनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो ।

सर्वोच्च शिखर सगरमाथा मात्रै नभई बिनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटक(पटक आरोहण गरेका छन् ।

सन् १९४८ मा जन्मिएका आङरिताको पुर्ख्यौली पेसा चौंरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए । पहिलो पटक २० वर्षको उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले बिनाअक्सिजन पहिलो पटक सन् १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.