राजनीति

गोकर्णेश्वरको ९ वडा अधिवेशमा सर्वसम्मत

नेपाली कांग्रेसको २१ जिल्लामा जारी वडा अधिवेशन अन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नं. ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नंं ९ को अधिवशेन सर्वसम्मत रुपमा सम्पन्न भएको छ ।

वडा इकाई सभापति बुद्धिमानन तामांगको सभापतित्व तथा क्षेत्र नं. ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले वडा नंं ९ वडा अध्यक्ष राजीव थापालाई सर्वसम्मत रुपमा सभापति चयन गरेको हो ।

अधिवेशनको शुभकामना दिंदै प्रमुख अतिथि तथा क्षेत्रीय सभापति चालिसेले क्षेत्र नं. ३ मा गोकर्णेश्वर नगरपालिकाको वडा नंं ९ विगतदेखि नै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै आएको बताउँदै यसबाट देशका अन्य क्षेत्रमा पनि सकारात्मक सन्देश जाने बताउनुभयो ।

त्यसै गरी महाधिवेशन प्रतिनिधि दीपक रिसाललले नेपाली कांग्रेसले आफ्नै साथीहरुसंग नभै विपक्षीसंग प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै सर्वसम्मत नेतृत्व चयन भएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व इकाई सभापति बुद्धिमान तामांगले आफूले जहिले पनि पार्टीको हितमा काम गरेको जनाउँदै सर्वसम्मत नेतृत्वकै लागि आफूले पहल गरेको बताउनुभयो ।

इकाई सचिव तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष राजीव थापाले संचालन गर्नुभएको कार्यक्रममा इकाई उपभापति राजेश थापाले स्वागत मन्तव्य दिनुभएको थियो ।

वडा नंं ९ क्षेत्रीय सभापति चालिसेको वडा पनि भएकाले यहाँ भएको सर्वसम्मत रुपमा नेतृत्व चयनले नगरपालिका र क्षेत्रका अन्य वडाहरुमा पनि सकारात्मक प्रभाव पार्ने देखिएको छ ।

अधिवेशनबाट उपसभापति निर्मल खतिवडा र विष्णु केसी, सचिव केशव अधिकारी र श्रीकृष्ण कारञ्जीत, उपसचिव उमेश चालिसे, कोषाध्यक्ष अस्मिता श्रेष्ठ, सुजीत सिं ठकुरी र मनोनित कोषाध्यक्ष रोहित देवकोटा चयन हुनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.