राजनीति

कटवाल प्रकरण रोक्नु सही ? नागरिकता विधेयक रोक्नु गलत ??

प्रधानसेनापति प्रकरणमा विपक्षी दलहरुलाई साथ दिएर सरकारको निर्णय बदर गर्नुभएका पूर्व राष्ट्रपति डा. रामवरण यादवले अब र राष्ट्रपति विद्यादेवी भण्डारीले अब राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

तोकिएको समयभित्र नागरिकता विधेयक प्रमाणित नगरेपछि सत्ता गठबन्धनका नेता तथा कतिपय कानुनविद्हरुले राष्ट्रपतिबाट संविधान उल्लंघन भएको आरोप लगाइरहेका बेला उहाँबाट अब राष्ट्रपतिसंग राजीनामा दिन सुझाव दिनुभएको हो ।

पूर्वराष्ट्रपति यादवले एक संचार माध्यमसंग कुरा गर्दै राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेकाले अबको बाटो राजीनामा मात्रै भएको बताउनुभएको हो ।

डा. यादवले भन्नुभयो ‘संविधानको संरक्षक उहाँले संविधानको उल्लंघन गर्नुभयो । प्रतिनिधिसभामा बहुमतले पारित गरेको विधेयक रोक्ने अधिकार उहाँलाई छैन । दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक उहाँले रोक्न मिल्दैन। उहाँले संविधान क्रस गर्नुभयो अब सहजताका निम्ति राजीनामा दिनुपर्छ ।’

कुराकानीका क्रममा पूर्व राष्ट्रपति डा. यादवले संविधान बनाएको सात वर्षको अवधि हामीले भर्खरै मनाएको अवस्थामा संविधान अनुसार नै मुलुक चुनावी उत्सवमा जान लागेको समयमा राष्ट्रपतिबाट यो किसिमको कदम आफूले आशा नगरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो- “सदनबाट पहिलोपटक आएको विधेयक उहाँले सन्देशसहित फिर्ता पठाउनुभएको थियो। पहिलो पटक उहाँको कदम संवैधानिक नै थियो। सार्वभौम संसदले दोस्रो पटक पठाएको विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रपतिलाई छैन । उहाँले सही गरेर पठाउनुपर्नेमा त्यसो गर्नुभएन। उहाँले अनुचित कदम चाल्नुभयो ।”

डा. यादवले सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा जाने तयारी भैरहँदा राष्ट्रपतिबाट लिइएको यो निर्णयले केही संघर्ष र अहसजताको स्थिति निम्त्याउन पनि सक्ने टिप्पणी गर्नुभयो ।

उहाँले संसदले पठाएको विधेयक रोकेर राष्ट्रपति संविधानले परिकल्पना गरेको बाटोभन्दा बाहिर जानुभएको आरोप लगाउँदै यसले संसदीय प्रणालीमा मात्रै होइन लोकतन्त्रलाई नै असर पुर्‍याउने तर्क गर्नुभएको छ ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि पूर्व राष्ट्रपति डा. यादवले राष्ट्रको अभिभावक र संविधानको संरक्षकका रुपमा उहाँले संविधान पालना नगरेको र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार नचलेको बताउँदै सार्वभौम संसदको निर्णयविरुद्ध गएर शक्ति पृथकीकरणको सिद्धान्त र संविधान पनि मिचेको आरोप लगाउनुभयो ।

उहाँले संसद रहेको भए यो विषय महाअभियोगको विषय बन्थ्यो भन्दै डा. यादवले अहिले संसद छैन, त्यसले उहाँको लागि विकल्प भनेको राजीनामा हो भन्दै गरिमायम संस्थामा बसेर मनोमानी गर्न मिल्दैन अब उहाँले पद छोड्नुभयो भने सहज बाटो हुने सुझाव पनि दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.