अर्थकृषि

बजारमा विदेशी स्याउ, स्वदेशीले बजार पाएन

नेपालमा वार्षिक ६ अर्ब रुपैयाँ बराबरको स्याउ आयात हुने गरेको पाइन्छ । यति ठूलो मात्रामा स्याउ आयात हुनुको कारण स्वदेशी उत्पादनको बजारसम्म पहुँच नहुनु हो ।

यसैक्रममा नेपालीहरुको प्रमुख चाडबाड सुरु हुनै लाग्दा मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीत भण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् ।

स्याउ किसान टक्कबहादुर शाही भन्नुभयो, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन , स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।”

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उहाँले भन्नुभयो, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु । यस वर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उहाँले आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.