राजनीति

सत्ता गठबन्धन संविधानविद्हरुसंग छलफल गर्दै

राष्ट्पति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेर संविधान मिचेको निष्कर्ष निकालेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले संविधानविद्सँग छलफल गर्ने भएका छन् ।

बुधबार विहान बसेको सत्ता गठबन्धनको बैठकले संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गर्नु असंवैधानिक भएको निष्कर्ष निकालेका हुन् ।

यसै विषयमा छलफल गर्न सत्ता गठबन्धनले बालुवाटारमा संविधानविद् र कानूनका जानकारसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री देउवाको सचिवालयले जनाएअनुसार छलफलका लागि संविधानविद्हरू र कानुनका जानकारहरूलाई बोलाइएको छ ।

राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काइएको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रय सभाले हुबहु पास गरेको थियो ।

२० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए । संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज (मंगलबार मध्यरात)सम्म प्रमाणीकरण गरिसक्नुपर्ने मा राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएन ।

दोस्रो पटक पनि प्रमाणिकरण भएन नागरिकता विधेयक

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.