राजनीति

के सही के गलत छुट्याउनुहोला (नागरिकता विधेयक)

नेपालको संविधान २०७२ को प्रावधान अनुसार २०७५ सालमा संसदमा पेश भएको नागरिकतासम्बन्धी ऐनमा नागरिकता वितरणका प्रावधानहरुमाथि व्यापक बहस भए । सोही बहसमा आधारमा प्रतिवेदन पनिन तयार भयो ।

citizenship

तर, सो प्रतिवेदन संसदमा बुझ्न नपाउँदै सरकारले अध्यादेशमार्फत अर्को नागरिकता विधेयकम ल्यायो । सो विधेयक राष्ट्रपतिले प्रमाणिकण नगरेपछि अहिले सडकमा पक्ष र विपक्षमा प्रदर्शन हुन थालेका छन् ।

संसदले दुईपटक हुबहु पारित गरेको नागरिकतासम्बन्धी ऐनको संशोधन विधेयक २०७९ ले नेपाली नागरिकसँग विवाहलगत्तै विदेशी महिलाले नागरिकता पाउने व्यवस्था राखेको छ ।

यही प्रावधानलाई लिएर राष्ट्रपतिले प्रश्न उठाएको भए पनि गठबन्धनले जस्ताको तस्तै पारित गरेर प्रमाणिकरणका लागि पठाउने निर्णय गरेका थिए । विवादको मूल जड यही हो ।

२०७५ सालमा ल्याइएको विधेयकमा विवाहपछि नेपाली नागरिकता प्राप्त गरेको ६ महिनामा विदेशी नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था थियो संसदीय समितिको छलफलमा यसलाई अरु बढाइयो । तर सरकारले अहिले ल्याएको संशोधनमा २०७५ को व्यवस्था हटाइएको छ ।

नागरिकता ऐन २०६३ मा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले अंगिकृत नागरिकता प्राप्त गर्न विदेशमा प्राप्त गरेको नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेश गर्नुपर्ने व्यवस्था छ

हेर्नुहोस् नागरिकता विधेयक

Citizenship Act 2029

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.