राजनीति

राप्रपामा हलोले बाजी मार्दा गाई ओझेलमा, एकतामा प्रतिबद्ध हुन थापाको आव्हान

२०४६ सालको राजनीतिक परिवर्तनपछि गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी, टुट, फट, जुटका क्रममा पछिल्लोपटक स्थापनाकालकै चुनाव चिन्हमा दल दर्ताको तयारी भएको छ । मुुलुकमा गणतन्त्र स्थापनापछि लगभग बिलाएको राप्रपा र एउटा बलियो शक्तिमा उभिएको राप्रपा नेपालबीच पार्टी एकताका लागि भएको सहमतिलाई टिकाउन अहिले राप्रपा नेपालको लोकप्रिय चुनाव चिन्ह अस्तित्वबाट हराउने भएको छ ।

दुई पार्टी एकीकरणको सहमतिपछि पार्टीको चुनाव चिन्ह गाई हुने धेरैको अपेक्षा थियो तर, नेताहरुको जुँघाको लडाईले हलोले बाजी मार्दा गाई अस्तित्वविहीन हुन पुगेको छ । राप्रपाको चुनाव चिन्ह गाई नै हुनुपर्ने दुबै पार्टीमा रहेका ठूलो जमातको माग भए पनि सो माग पूरा भएन । अन्ततः राप्रपा अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भएको बताउनुभएको छ ।

मंगलबार ट्वीन गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिह्न गाई नै उपयुक्त हुने भए पनि पार्टी एकता जोगाइराख्न सम्झौता अनिवार्य भएको भन्दै यसलाई सहजरुपमा लिइदिन अपिल गर्नुभएको छ ।

थापाले भन्नुभएको छ ‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनाव चिह्न हो । तर, पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो । परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी र शुभचिन्तकहरुमा अपिल गर्दछु ।’

अध्यक्ष थापाले अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लाग्न पनि सबैमा आह्वान गर्नुभएको छ ।

छ महिना पहिले एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति जुटाएको छ । एकीकरण हुनुअघिको राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.